२५ मंसिर, स्याङ्जा । स्याङ्जाका प्रतिनिधि सभा सदस्यतर्फ दुवै निर्वाचन क्षेत्रका २२/२२ हजार मतगणना हुँदा दुवै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार ३/३ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । सुरुवाती अग्रतालाई कायम राख्दै क्षेत्र नं १ मा नारायण मरासिनीले १२४८६ मत ल्याएका छन् भने उनका निटतम प्रतिद्वन्दी कांग्रेसका राजु थापाले ९००२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा २२१८३ मतगणना हुँदा दुवै उम्मेवारको उपर्युक्त मत आएको हो । यस क्षेत्रमा तेस्रा स्थानमा रहेको नयाँ शक्ति नेपालका टीकाराम पौडेलले ६७ मत मात्रै ल्याएका छन् ।
तालिकामा हेर्नुहोस् विस्तृत विवरण :
त्यस्तै क्षेत्र नं २ मा एमाले उम्मेदवार पद्मा अर्याल कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठले भन्दा करिब २८ सय मतान्तरले अगाडि छन् । २२६२२ मतगणना हुँदा अर्यालको मत १२१४२ छ भने श्रेष्ठको मत ९३९० रहेको छ । तेस्रो स्थानमा रहेका नयाँ शक्तिका ईश्वरबहादुर रानाको मत ३२९ मात्रै छ ।
तालिकामा हेर्नुहोस् विस्तृत विवरण :















