२५ मंसिर, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी अर्घाखाँचीबाछ विजयी भएका छन्। सोमबार साँझ आएको परिणामअनसार रायमाझीले कांग्रेसका प्रतिश्पर्धीलाई १८ हजारभन्दा मतान्तरले हराउँदै विजयी भएका हुन् । रायमाझीले ५०३८५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बिसीले ३१९४१ मत ल्याएका छन्।














