२५ मंसिर, स्याङ्जा । स्याङजाको जारी मतगणनामा वामगठबन्धका उम्मेदवारहरुले निरन्तर अग्रता लिइरहेका छन् । चर्चामा रहेको क्षेत्र नं २ मा एमाले उम्मेदवार पद्मा अर्याल २१ सय मतले कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठभन्दा अगाडि रहेकी छिन् । पछिल्लो विवरणअनुसार अर्यालको ८८७८ मत रहेको छ भने श्रेष्ठको ६७४० मत रहेको छ ।
प्रदेशसभा क मा एमालेका मोहन रेग्मीले ६४१० मत प्राप्त गरेका छन् भने कांग्रेसका विष्णु पौडेलको ४६५६ मत रहेको छ । ख मा सूर्यप्रसाद गैरे (माओवादी केन्द्र) ले ६३२९ भगवत मल्ल (नेपाली कांग्रेस) ले ५५९९ मत ल्याएका छन् ।














