२५ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फको मतगणनाको परिणामा नेपाली कांग्रेस तेस्रो स्थानमा रहे पनि समानुपातिकतर्फको जारी मतगणनामा कांग्रेस र एमाले बराबरीको स्थितिमा रहेका छन् । प्रतिनिधिसभातर्फको समानुपातिका पछिल्लो मतगणनाका क्रममा कुनै समय कांग्रेस अगाडि त कुनै समय एमाले अगाडि पुगेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो ताजा परिणामअनुसार समानुपातिक मततर्फ एमाले करिब ४ हजार मतले अगाडि रहेको छ । पछिल्लो विवरणअनुसार एमालेको ३४३३२६ मत रहेको छ भने कांग्रेसको ३३९५५८ मत आएको छ । आइतबार साँझको परिणाममा भने कांग्रेसले अग्रता लिएको थियो ।
प्रत्यक्षतर्फको हालसम्मको परिणाममा दोस्रो स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकतर्फ भने तेस्रो स्थानमा छ । एमाले र कांग्रेसको तुलनामा माओवादी निकै पछाडि छ । माओवादीले हालसम्म १६९२२६ मत ल्याएको छ । समानुपातिकतर्फ देशभरबाट राम्रो मत आउने दावी गरेको विवेकशील साझाको समानुपातिक मत परिणाम राजपाको भन्दा पनि कम छ । यद्यपि उसले राप्रपाले भन्दा बढी मत ल्याएको छ ।
हेर्नुहोस् समानुपातिकतर्फ दलहरुले पाएको मत परिणाम चार्टमा :












