२५ मंसिर, पर्सा । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विमल श्रीवास्तव विजयी भएका छन्। कांग्रेसका अजयकुमार चौरसियालाई पराजित गर्दै श्रीवास्तव विजयी भएका हुन्। चौरसियालाई श्रीवास्तवले १४ सय ६५ मतान्तरले पराजित गरेका हुन्। श्रीवास्तवले २० हजार १६९ मत ल्याए भने कांग्रेसका चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरे।














