२५ मंसिर, स्याङ्जा । आइतबार साँझबाट मतगणना सुरु भएको स्याङजाका सबै स्थानमा वाम उम्मेदवारहरुले अग्रता लिएका छन् । चर्चामा रहेको २ नं क्षेत्रमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पछाडि परेका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले श्रेष्ठले भन्दा करिब दुई गुणाले अग्रता लिइरहेकी छिन् । त्यस्तै क्षेत्र नं १ मा पनि एमाले उम्मेदवार मोहन रेग्मी अगाडि छन् ।
हालसम्मको ताजा परिणाम यस्तो छ :
प्रतिनिधि सभा १
नारायण मरासिनी (वाम एमाले) २३१५
राजु थापा (कांग्रेस) १८२८
प्रदेश क
दीपक चर्ती (वाम माओवादी) ४५४६
कमल पंगेनी (रुख) ३४१७
प्रदेश ख
मीन गुरुङ (वाम)३२७९
तुलसी गिरी (कांग्रेस) २७५२
…..
प्रतिनिधि सभा क्षेत्र नं २
पदमा अर्याल (वाम एमाले) ४२२०
गोपालमान श्रेष्ठ (कांग्रेस) २३०२
प्रदेश क
मोहन रेग्मी (वाम एमाले) ३५५८
विष्णु पौडेल (कांग्रेस) २१६८
प्रदेश ख
सुर्य प्रसाद गैह्रे (वाम) ३०६३
भागवत प्रकाश (कांग्रेस) ३१००














