२४ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पोखरेलले उनका निकटतम प्रतिद्वन्द्वी
कांग्रेसका प्रकाशशरण महतलाई ९८६० मतान्तरले पराजित गरेका छन् । पोखरेलले २३०२९ मत प्राप्त गरेर विजयी भए पनि महतले १३१६९ मत प्राप्त गरेर पराजित भए ।











