२३ मंसिर, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै वाम उम्मेदवार विजयी भएका छन् ।
डडेल्धुरा जिल्लाको प्रदेशसभामा वाम उम्मेदवार विजयी भएका हुन् । डडेल्धुराको प्रदेश ‘क’ मा वाम गठबन्धनका पठानसिंह बोहरा विजयी भएका हुन्।
बोहराले १३ हजार ५६३ मत पाएर विजयी भए भने कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजित भए ।














