२३ मंसिर, लमजुङ । लमजुङबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम उम्मेदवार विजयी भएका छन् । वामगठबन्धनका संयुक्त उम्मेदवार रहेका माओवादी केन्द्रका देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा ८ हजार मतान्तरले प्रतिश्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
गुरुङले ३९ हजार ४६८ मत पाएर विजयइ भए पनि उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ३१ हजार ६७ मत प्राप्त गरे।












