मंसिर २३, २०७४ काठमाडौं: प्रत्यक्ष तर्फ १६५ प्रतिनिधिसभा सदस्यको लागि अहिले सम्म ३० वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमध्ये वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ७ स्थानमा जित हासिल गरेका छन्। माओवादी केन्द्रबाट जितेका उम्मेदवार मध्ये सबै भन्दा बढी मत अग्रता र मत मन्त्री जनार्दन शर्माको छ।
उर्जामन्त्री हुँदा लोडसेडिङ हटाएको र अन्य कार्य गरेका कारण शर्माको लोकप्रियता बढेको थियो । उनले पाएको मतका आधारमा पनि उनी लोकप्रिय भएको स्पष्ट हुन्छ ।
माओवादीबाट विजयी उम्मेदवारले कतिकति मत पाए हेर्नुहोस :
अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १: ४०५०४
जनार्दन शर्मा रुकुम पश्चिम: ३४४०२
देवेन्द्र पौडेल बाग्लुङ २ : २८८२७
पम्फा भुसाल ललितपुर ३:२४०३६
गजेन्द्रबहादुर महत जुम्ला: २२१७३
हेमकुमार राई सोलुखुम्बु: २०९१२












