ढल्यो कोइराला परिवारको विरासत, मोरङमा लालबाबुको लालझण्डा
२३ मंसिर, मोरङ । वामवठबन्धनका प्रतिश्पर्धी उम्मेदवार लालबाबु पण्डितलाई आफूले नचिन्ने भनी निर्वाचनपूर्व अन्तरवार्ता दिने र कोइराला परिवारको विरासत आफूले थाम्ने बताएका कांग्रेसका शेखर कोइराला अन्ततः पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर ६ मा कोइरालालाई हराउँदै एमालेका लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेर विजयी भएका छन् भने भने शेखरले कोइरालाले ३३ हजार २ सय ६६ मत पाएका छन् ।
कांग्रेसका संस्थापक नेता विपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको विरासत थाम्ने बताएका शेखरको पराजयले कांग्रेसलाई नयाँ पाठ सिकाएको छ । पूर्खाको विरासतले मात्र जनताको मत नपाइने र आफैं गरेर देखाउनेलाई मात्र जनताले मत दिने पाठ मोरङमा देखिएको छ । लालबाबुले मन्त्री हुँदा गरेको काम र उनको सामान्य जीवनशैलीका कारण जनता उनीप्रति प्रभावित भएका थिए ।












