२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको पराजयको बदला महँगी बढाएर गरेका छन् । प्रारम्भिक मतगणनामा नै आफ्नो दलले पराजय भोग्ने निश्चित भएपछि देउवाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतासँग बदला लिएका छन् । देउवाका ज्योतिषले उनी नै प्रधानमन्त्री बन्ने बताए पनि जनताले उनी प्रधानमन्त्री बन्न अयोग्य रहेको मत दिएपछि देउवा क्रुद्ध हुँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि छन् ।
आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी सरकारले सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको हो । सरकारले शुक्रबार निगमको बोर्ड बैठक बस्न लगाएर सबै पेट्रोलियममा मूल्य वृद्धि गर्न लगाएको हो । सरकारको यो निर्णयमा ‘जातेजाते कित्ना खाते’ अर्थात् जाँदै गरेको सरकारले मूल्य बढाएर कति कमिसन खान खोजेको हो भन्ने प्रश्न उठेको छ ।
सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७र७७ रुपैयाँ र हवाई इन्धन (आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ । यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो ।
पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिए
वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।