२२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई कांग्रेस उम्मेदवारभन्दा ४ हजार मतअन्तरले अगाडि रहेका छन्। पछिल्लो अपडेटअनुसार
भट्टराईले ११३५८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवप्रसाद दाहालले ७३४३ मत प्राप्त गरेका छन् ।
ताप्लेजुङमा प्रदेश सभामा समेत वामउम्मेदवारको अग्रता रहेको छ । प्रदेससभा ख मा कांग्रेसको ३२६८ मत आउँदा माओवादीले ५२१८ मत ल्याएको छ । त्यस्तै प्रदेश क मा कांग्रेस ४१८३ हुँदा एमालेको ५७८१ मत पुगेको छ ।














