२२ मंसिर, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका सबै स्थानमा एमाले विजयी भएको छ । प्रतिनिधि तथा प्रदेशसभामा तीनवटै स्थानमा एमाले विजयी भएको हो। वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रहेका प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पूर्वमन्त्री रहेका कांग्रेसका रोमी गौचन थकाली पराजित भएका छन्। तुलचान २०७० को संविधानसभा सदस्य निर्वाचनमा थकालीसँग १३ मतले पराजित भएका थिए। ०७० मा तुलाचन स्वतन्त्र उम्मेदवार थिए।
तुलाचनले ३५ सय ४४ मत पाएका छन्। थकालीले तीन हजार १८१ मत पाएका छन्।
प्रदेशसभा क मा एमालेकै इन्द्र धारा विष्ट विजयी भएका छन्। उनले एक हजार १६७ मत पाए। प्रदेश ख मा एमालेका महेन्द्र बहादुर थकाली विजयी भएका छन्। थकालीले दुई हजार ५८४ मत पाएका छन्।












