२२ मंसिर, गोरखा । देशका अधिकांश स्थानमा वामगठबन्धनको अग्रता रहे पनि गोरखाका दुवै क्षेत्रमा कांग्रेस गठबन्धनको अग्रता रहेको छ । कांग्रेसको समेत समर्थनमा उम्मेदवार बनेका नयाँ शक्तिका बाबुराम भट्टराई क्षेत्र नं २ मा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा ११ सय मतान्तरले अगाडि रहेका छन् ।
डा भट्टराईले ६५३४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले ५३९९ मत मात्र प्राप्त गरेका छन् ।
गोरखा २ को प्रदेश सभाका दुवै सीटमा पनि नयाँ शक्ति र काँग्रेस गठबन्धन अघि रहेको छ । प्रदेश २को क मा नयाँ शक्तिका हरिशरण आचार्यले ३९१९ मत प्राप्त गर्दा माओवादी केन्द्रका कमला नहर्कीले ३४८१ मतले पछ्याइरहेकी छन् ।
यस्तै, प्रदेश २ मा काँग्रेसका प्रकाश दवाडीले ४२७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अमर तमुले ३४३३ मत मात्र प्राप्त गरेका छन् ।
क्षेत्र नं १ मा भने वाम गठबन्धन अघि रहेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका हरिराज अधिकारीले ४९३४ मत प्राप्त गरेका छन् । उनलाई काँग्रेसका चिनकाजी श्रेष्ठले ४४७२ मतले पछ्याइरहेका छन् ।
प्रदेशसभा क मा माओवादी केन्द्रका लेखबहादुर थापाले ३८२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका धिरन थापाले २५०७ मत पाएका छन् ।
यस्तै प्रदेश ख मा एमालेका राम शरण बस्नेत ३७९२ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । उनको पछिपछि काँग्रेसका राजेन्द्र बजगाईं २४२६ मतका साथ रहेका छन् ।












