२२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ मा संचारमन्त्री मोहनबहादुर वस्नेत पराजित हुने देखिएको छ । माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले ४ हजारभन्दा बढी मतान्तरले वस्नेतलाई पछि पारेपछि उनी पराजित हुने सम्भावना देखिएको हो । पछिल्लो मतगणनाअनुसार सापकोटाले १०४३३ मत पाएका छन् भने कांग्रेस मोहन बहादुर बस्नेतले ६११० मत ल्याएका छन् । १८६१४ मतगणना भएकोमा बदर मत १३०२ रहेका छन् ।












