२१ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पछिल्लो मतगणनाअनुसार राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपतिशमशेर जबरा वामगठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन् । प्रारम्भिक चरणमा अग्रता लिएका पशुपतिशमशेरलाई वामगठबन्धनका शेरबहादुर तामाङले उछिनेका हुन् । पछिल्लो अपडेटअनुसार तामाङले २३२१ मत प्राप्त गरेका छन् भने जबराले २०७३ मत प्राप्त गरेका छन् ।














