२१ मंसिर, मनाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मनाङबाट पाल्देन गुरुङ विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका पाल्देनले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरेका छन् ।
विजयी पाल्देनले ९०८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
जारी मतगणनाका अधिकांश स्थानमा वामगठबन्धन अगाडि रहेको अवस्थामा पहिलो जितका रुपमा कम्युनिस्टहरुले विजयका पहिलो झण्डा मनाङमा गाडेका छन् ।












