२१ मंसिर, काठमाडौं । घडीप्रेमी नेताका रुपमा चर्चित कांग्रेसका नेता रामहरि खतिवडा पनि एमालेका यज्ञराज सुनुवारभन्दा पछाडि परेका छन् । ओखलढुङ्गाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका रामहरि खतिवडाको ४५० र वामगठबन्धनका उम्मेदवार बनेका एमाले नेता यज्ञराज सुनुवारले ४७७ मत प्राप्त गरेका थिए । पछिल्लो अपडेट अनुसार सुनुवारले मतान्तर बढाउँदै अग्रता लिएका छन् । अहिले सुनुवारको ३८२२ रहेको छ भने
खतिवडाले २४३६ मत प्राप्त गरेका छन् ।
दुवै नेता प्रतिनिधि सभा सदस्यका लागि प्रतिश्पर्धामा छन् ।














