२० मंसिर, काठमाडौं । मतदानको अघिल्लो रात काठमाडौंका उम्मेदवार पैसा बाँडन रातारात सुकुम्बासी वस्ती र टोलहरुमा पुगेका समाचा आएका छन् । यसै क्रममा काठमाडौं क्षेत्र नं ५ का कांग्रेस उम्मेदवा प्रकाशशरण महतले पैसा बाँड्न वसुन्धराराको सुकुम्बासी टोलमा साँझ सात बजे पुगेको समाचार आएको छ । उनको चाल बुझेका स्थानीय एमाले कार्यकर्ताले घेरा हालेर प्रहरीलाई समेत खबर गरेका थिए ।
एमालेका महासचिव ईश्वर पोखरेल वामगठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार छन् । ईश्वर पोखरेलले रकम बाँडेरै चुनाव जित्न रणनीति अपनाएकोले रकम बाँड्नेलाई भोट नदिन भनी सम्झाउन गएको अवस्थामा एमाले कार्यकर्ताहरुले आफ्नो बद्नाम गरेको कांग्रेस उम्मेदवार महतले दावी गरेका छन् । आफूलाई बदनाम गराउन एमाले कार्यकर्ताको आडमा एमाले निकट अनलाइनहरुले आफ्नो विरुद्धमा समाचार लेखेको महतको दावी छ ।
पैसा ईश्वर पोखरेलको बढी कि प्रकाशशरणको बढी भन्ने लेखाजोखा गर्ने कसले ? आखिर मन्त्री हुँदा पानी ट्यांकीमा रुपैयाँ लुकाउने व्यक्ति हुन् ईश्वर पोखरेल । भ्रष्ट्राचारको छानविन गर्ने अर्कै निकाय छ र निर्वाचन आचार संहिताको अनुगमन गर्ने निकाय अर्कै । चुनावको अघिल्लो दिन पैसा बाँड्न नै नभए पनि मतदाताको वस्तीमा जानु महतकै नियत खराब देखिन्छ । के निर्वाचन आयोगले यसमा ध्यान देला ?












