१८ मंसिर, काठमाडौं । सरकारी निकायको बेरुजु हरेक वर्ष बढ्दै गएको छ । बेरुजु बढ्दै जाँदा पछिल्लो समयमा बेरुजु रकम चार अर्ब रुपैयाँ पुगेको हो । महालेखा परीक्षकको कार्यालयले आज राजधानीमा गरेको कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै गएर हाल चार अर्ब पुगेको जानकारी दिए ।
शर्माले आफू महालेखा परीक्षकमा नियुक्ति भएपछि ६ वर्षे कार्ययोजना सार्वजनिक गरेको बताउँदै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको जानकारी दिए । बेरुजु घटाउन कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने दावी उनले गरे ।