१८ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापालाई मार्ने योजनासहित आज बम विष्फोट गराइएको छ । घरदैलो कार्यक्रममा हिँडिरहेका गगन अलिकति दूरिका कारण मात्रै बच्न सफल भए । बम विष्फोट भएको स्थान नजिकै परेका दुई जना कांग्रेस कार्यकर्ताको अवस्था गम्भीर रहेको छ ।
गगनमाथि कसले बम हानेको हो भन्ने कुरा खुल्न सकेको छैन । घटनाको कसैले जिम्मेवारी समेत लिएको छैन । राजधानी काठमाडौंमा दिउँसै उम्मेदवारमाथि बम हान्ने कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । चुनाव बहिष्कार गरेको विप्लव माओवादीले नै देशभर बम विष्फोट गराएको आशंका सरकारले गरेको छ ।
केही दिनअगाडि मात्रै उदयपुरका कांग्रेस उम्मेदवारमाथि पनि यसै गरी बम आक्रमण भएको थियो ।












