१५ मंसिर, मंगलसेन । सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने दावी गरेका छन् । अछामको मंगलसेनामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगनू प्रतिबद्ध भएर कांग्रेसलाई जिताउनतिर सबैजना लाग्नू।
कम्युनिस्ट शासन आयो भने लोकतन्त्र समाप्त हुने बताउँदै देउवाले लोकतन्त्रको रक्षा गर्नका लागि कांग्रेसले जित्न आवश्यक रहेको बताए । कम्युनिस्ट व्यवस्थाको साम्यवाद आएमा लेख्ने र बोल्ने स्वतन्त्रता नहुने भन्दै लोकतन्त्रका लागि कांग्रेस नै आवश्यक रहेको बताए ।













