१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुर बम विष्फोटमा परी घाइते भएका कांग्रेस उम्मेदवार तथा कार्यकर्ताको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगी देउवाले घाइतेको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै देउवाले बम विष्फोट गराउनेको खोजी गरी कारवाही गरिने बताए ।
उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीसहित तीन जनाको उपचार शिक्षण अस्पतालमा भैरहेको छ । एम्बुसमा परी घाइते भएका उनीहरुलाई हेलिकोप्टरमार्फत वुधबार नै शिक्षण अस्पताल ल्याइएको थियो । कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । विष्फोटमा परी उदयश्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवालको बायाँ खुट्टा क्षतविक्षत भएको छ।












