१३ मंसिर, काठमाडौं । उदयपुरमा कांग्रेस उम्मेदवारमाथि भएको बम आक्रमणमा परी उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनीसँगै रहेका ६ जना कांग्रेस कार्यकर्ताहरु पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ ।
हेर्नुहोस् घटनास्थलदेखि अस्पताल ल्याइपुर्याउँदासम्मका तस्वीरहरु :
















