१२ मंसिर, तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका–१२ मा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने – “लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर कांग्रेसलाई भोट दिएर जिताउनुहोस् ।”

वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्वसांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताहरुले काँग्रेसको जितले मात्रै जनताको भलो हुने र विकास निमार्णले गति लिने बताए । ।
तनहुँको चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई दिवंगत भएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी भएर प्रधानमन्त्री देउवाले मृतकका आफन्तजनलाई सान्त्वना दिएका थिए











