१२ मंसिर, मोरङ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका ५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित गरी बम प्रहार भएको हो ।
बम प्रहारबाट मानवीय क्षति नभएकोप्रहरीले जनाएको छ । पण्डितलाई लक्षित गरी बम प्रहार भएको भए पनि उनी सकुशल छन् । पण्डित मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनको प्रतिश्पर्धामा कांग्रेसबाट शेखर कोइराला उम्मेदवार छन् ।












