१० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इलामको चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको परिसरमा निर्मित राष्ट्रिय विभूति फाल्गुनन्दको नवनिर्मित शालिक अनावरण गरेकी छिन् । भण्डारी आइतबार इलाम पुगेर फाल्गुनानन्दको शालिक अनावरण गरेकी हुन् ।
फाल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वाषिकोत्सव समारोहका अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा महागुरुको उक्त शालिक निर्माण गरिएको हो ।












