१० मंसिर, रुकुम । रुकुम पश्चिमको बाँफिकोटस्थित मतदान केन्द्रको मतपेटिकमा आगो लागेको छ । मतदान केन्द्र क बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकामा आगो लागेपछि मतदान केन्द्रका अवस्था तनावग्रस्त बनेको छ । कसले कसरी आगो लगाएको भन्ने कुरा यकिन हुन नसक्दा सुरक्षाकर्मी र मतदानका लागि खटिएका कर्मचारी अन्योलमा परेका छन् । आगो लागेका कारण सो केन्द्रको मतदान रोकिएको छ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।
मतपेटिकाबाट धुवाँ निस्किए तत्काल पानी हालेर आगो निभाइएको छ । पुरै मतपेटिकामा नभएर केही मत पत्रमा मात्र जलेको प्रहरीले जनाएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।












