९ मंसिर, ताप्लेजुङ । आइतबार निर्वाचन हुने ताप्लेजुङको एक मतदान केन्द्रमा शनिबार बम विष्फोट हुँदा मतदातामा त्रास फैलिएको छ भने मतदानका लागि गएका कर्मचारीहरु समेत अन्योलमा परेका छन् । सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको भानु जन उच्च मावि मतदान केन्द्रमा बम विष्फोट भएपछि स्थिति तनावग्रस्त बनेको हो । विष्फोट भएको मतदान केन्द्रलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा घेरामा रहेको मतदान केन्द्रभित्रै बम विष्फोट हुनुले मतदातामा त्रास फैलिएको हो ।
जमिनमुनि राखिएको अवस्थामा प्रेसर–कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन ।














