९ मंसिर, झापा । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन विरोधी गतिविधि गरिरहेको विप्लव माओवादीले गए राति झापाका विभिन्न स्थानमा बम विष्फोट गराएको छ । झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट हुँदा एउटा गाडी पूर्णरुपले ध्वस्त भएको छ ।
नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको हो । विष्फोटबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
झापामा विहान एमाले अध्यक्ष केपी ओलीको घरबाहिर समेत बम विष्फोट भएको छ ।












