८ मंसिर, रसुवा । विहीबार मध्यरातमा रसुवामा दुई राजनीतिक शक्तिका कार्यकर्ताबीच तनाव हुँदा सुरक्षाकर्मीले हवाइ फायर
गरी स्थिति नियन्त्रणमा लिएका छन् । गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको हो ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच भिडन्तको अवस्था देखिएको थियो । तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाइ गरेको थियो । हवाइ फायरपछि कार्यकर्ता त्यहाँबाट भागेका थिए ।
रातभर तनावग्रस्त रहेको रसुवा शुक्रबार विहान भने सामान्य अवस्थामा रहेको छ ।
प्रजिअ न्यौपानेका अनुसार, मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप प्रहरी परिचालन गरिएको छ ।












