७ मंसिर, काठमाडौं । कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले अदालतमा १/१ करोड धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतले तोकेको ११ करोडको बैंक ब्यालेन्स सुनिश्चित गरेपछि उनीहरु हिरासतमुक्त भएका हुन् ।
उनीहरुमाथिको मुद्दा अब साधारण तारेखमा अघि बढ्ने छ । मंगलबार अदालतले उनीहरुसँग १/१ करोडको धरौटी माग गरेको थियो । मंगलबार नै धरौटी नबुझाएपछि उनीहरूलाई सो दिन डिल्लीबजार जेल चलान गरिएको थियो । लामोसमयसम्म फरार रहेका दुवै जना एक हप्तापहिले मात्रै अदालतमा हाजिर भएका थिए । तत्कालीन कर फर्छ्योट आयोगमार्फत कर मिनाहा गरेर भ्रष्ट्राचार गरेको अभियोगमा उनीहरुविरुद्ध अख्यिारले मुद्दा दायर गरेको थियो ।