६ मंसिर, काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकको साढे पन्ध्र अर्ब रुपैयाँ सहायता रकम स्वीकार गरेको छ । वुधबार
बसेको मन्त्रिपरिषद् बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले दिएको रकम स्वीकार गर्ने निर्णय गरेको हो।
नेपाल सरकारको अनुरोधबमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर अर्थात् करिब रु १५ अर्ब ५० करोड रकम प्राप्त भएको छ । सो रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि आजको बैठकले गरेको बताए ।











