५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार रुपैयाँ घुस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिएका छन् । कुन र कस्ता सेवाग्राहीसँग घुस लिँदा पक्राउ गरिएको भन्ने कुरा अख्तियारले खुलाएको छैन ।
पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।












