३ मंसिर, काठमाडौं । मिाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पतला पुगेका छन् । झापाबाट आजै फर्किएका प्रचण्ड दिवंगत पुत्र प्रकाशको शव रहेको अस्पताल नर्भिक पुगेका हुन् ।
पुत्र प्रकाशको निधन भएपछि प्रचण्ड झापाबाट आजै हेलिकोप्टरमार्फत काठमाडौं आएका हुन् । विमानस्थलबाट उनी लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् ।
प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका छन् । प्रचण्ड अस्पताल पुगेपछि प्रकाशको निधन बारे जानकारी गराउन अस्पताल प्रशासनले पत्रकार सम्मेलनको तयारी गरेको छ ।













