३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीलेपुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना व्यक्त गरेकी छिन् । प्रचण्ड निवास लाजिम्पाट पुगेर भण्डारीले प्रचण्डलाई समवेदना व्यक्त गरेकी हुन् । झापाबाट आजै फर्केका प्रचण्डलाई भेट्न भण्डारी लाजिम्पाट पुगेकी थिइन् ।
चुनावी अभियनअन्तर्गत झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए । विमानस्थलबाट छोरा प्रकाशको शव रहेको नर्भिक अस्पताल नगई प्रचण्ड सिधै आफ्नो निवास पुगेका थिए ।
यसैबीच दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिने भएको छ ।












