३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेको छ । प्रचण्डका छोरा प्रकाश दाहालको अल्पायुमै आज विहान निधन भएको हो । विहान पाँच बजेतिर प्रकाश अचेत अवस्थामा भेटिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल नपुर्याउँदै उनको निधन भएको जनाइएको छ
प्रकाश दाहालको निधनको कारण हृदयघात हुनसक्ने बताइए पनि नर्भिक अस्पतालले भने यसबारेमा स्पष्ट पारिसकेको छैन । अस्पतालले पत्रकार सम्मेलन गरेर उनको निधनको कारणबारे जानकारी गराउँदै छ । प्रकाशका दुई श्रीमती र एक छोरा रहेका छन् । प्रकाश दाहाल प्रचण्डको सचिवालयमा कार्यरत थिए ।
छोरोको आकस्मिक निधनको खबर पाएपछि प्रचण्ड झापाबाट काठमाडौं फर्कँदै छन् । चुनाव प्रचार अभियानका क्रममा प्रचण्ड झापा पुगेका थिए ।
प्रकाश दाहालको आकस्मिक निधनको खबर पाएपछि नर्भिक अस्पताल थापाथलीमा पार्टी नेता, कार्यकर्ता तथा सर्वसाधारणको भिड लागेको छ । अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।














