रुकुमलाई साम्यवादको नमुना बनाउने दावी
१ मंसिर, रुकुम । नेकपा माओवादीका नेता नेता जनार्दन शर्माले रुकुम जिल्लालाई साम्यवादको नमुना जिल्ला बनाउने दावी गरेका छन् । सदरमुकाम मुसिकोटमा शुक्रबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले रुकुम जनयुद्धको उद्गम थलो मात्र भएर साम्यवादको पनि उद्गम थलो हुने बताए ।
वामगठबन्धनबाट रुकुम पश्चिमको प्रतिनिधिसभा उम्मेदवार रहेका शर्माले भने, ‘हिजो हामीले जनयुद्ध गछौं, राजतन्त्र फाल्छौं भन्दा नपत्याए पनि होलान तर हामीले ग¥यौं, उनले थपे, ‘अब हामी दलाल पूजीँपतिहरुको वर्चश्व रहेको पूँजीवादको अन्त्य गरेर हामी समाजवादी अर्थव्यवस्था यो देशमा निर्माण गर्न चाहन्छौं र त्यसका लागि रुकुमबाट सुरु गर्न चाहन्छौं ।’
रुकुममा श्रमशील र क्रान्तिकारी जनता भएको उल्लेख गर्दै यो नै साम्यवाद पूरा गर्ने आधार भएको बताए । रुकुममा निर्माण भएको साम्यवादी आधार देशभर विस्तार गरेर देशभर साम्यवादको विजारोपण गर्ने उनको भनाइ थियो ।












