१ मंसिर, नुवाकोट । कांग्रेस नेता डा रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटका कारण पाँच कांग्रेस कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
महतको गाडी केही अगाडि पुगिसकेका कारण उनी भने सकुशल रहेका छन् । एम्बुसमा परेको जिपमा विष्फोटका कारण कच्याककुचुक भएर उत्तानो परेको छ भने जमिन क्षतिग्रस्त बनेको छ ।
बम विष्फोटपछि नुवाकोटमा निकालिएको शान्ति र्यालीमा समेत दुई पक्षबीच झडप भएको छ । नुवाकोटको रानीपौवामा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो ।

दुई पक्षबीच ढुङ्गा हानाहान भएको छ । त्यस स्थानमा अहिले प्रहरी टोली पुगी स्थिति नियन्त्रणमा लिएको छ ।
झडपपछि दुई पक्षबीच वार्ता वार्ता भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज वरालले जानकारी दिएका छन् ।













