१ मंसिर, वैतडी । पश्चिम नेपालमा चुनावी प्रचारका क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरले देउवा आज एकै दिन २ जिल्लाका ५ वटा चुनावी सभालाई । देउवाले दार्चुलाका २ स्थानमा र वैतडीका ३ स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले शुक्रबार वैतडीका ३ स्थानमा चुनावी सभाको आयोजना गर्दैछ । देउवाले आज ३ वटै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा मतदातालाई जानकारी गराउन देउवाले तीन ठाउँमा सम्बोधन गर्न लागेको कांग्रेसका जिल्ला सचिव विष्टले जानकारी दिए।
देउवाले आज नैै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस, दार्चुलाले जनाएको छ । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भएपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।












