३० कात्तिक, वाग्लुङ् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षदेखिको नेपालको अस्थिरतालाई हटाउन वामगठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । वाग्लुङमा विहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिर सरकारको भूमरीबाट देशलाई निकाल्नका लागि वामगठबन्धनको सरकार बन्न लागेको बताए । आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएकोले अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले दिएको अभिभारा पूरा गर्ने दायित्व आफूसँग रहेको र त्यो अभिभारा पूरा गर्न वामगठबन्धन गरिएको उनले बताए ।
बागलुङको गलकोटमा बिहीबार आयोजित एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त जनसभा गरेका छन् ।
राजमो अध्यक्ष चित्रबहादुर केसीले भ्रष्ट्राचार अन्त्य र राज्यको सेवा सुविधा सहज रुपमा पाउने व्यवस्थाका लागि वाम गठबन्धन गरेको बताए । बाढीपीडितलाई अहिलेसम्म राहत नदिएको भन्दै केसीले कांग्रेसी सरकारले केही गर्न नसकेको आरोप लगाए । सधैं कांग्रेसको रजाइँ नचल्ने भन्दै केसीले अब शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता पूरा गर्ने जिम्मा राज्यले लिने वताए ।
शीर्ष नेताले सम्बोधन गर्नुपूर्व सभास्थलनजिकै ठूलो आवाजसहित बम विस्फोट भएको थियो । प्रहरीले घटनामा सामान्य प्रकारको बम प्रयोग भएको बताएको छ । घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुको साथै अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् ।













