३० कात्तिक, वाग्लुङ । वाम गठबन्धनका प्रमुख दल नेकपा एमाले र माओवादी केन्द्रका दुवै अध्यक्षलाई एकै स्थानमा समाप्त पार्ने षडयन्त्रसहित बम विष्फोट भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेको बाग्लुङको आमसभास्थलमा बम विष्फोट भएको हो । वाग्लुङको गल्कोट नगरपालिका हटियामा आयोजित आमसभामा ओली र प्रचण्ड पुग्नुपहिले नै बम विष्फोट भएको हो । गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको फोहोर फालिएको ठाउँबाट बम पड्केको आवाज आएको स्थानीयले बताएका छन् ।
कार्यक्रम स्थल नजिकबाट चर्को विस्फोट आवाज आएपछि कार्यक्रम एकछिन अन्योलमा परेको थियो । ओली र प्रचण्डले स्याङजा र पर्वतका सभालाई सम्बोधन गरेपछि बाग्लुङको सभालाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।












