३० कात्तिक, गोरखा । गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडीलाई लक्षित गर्दै बम विष्फोट भएको छ । बम विष्फोटबाट श्रेष्ठ र उनीसँग रहेका अन्य उम्मेदवार तथा कार्यकर्ता भने सुरक्षित रहेको जनाइएको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बाह्र किलो भन्ने स्थानमा भएको वामगठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा दिउसो पौने चार बजेको समयमा बम बिष्फोट भएको वाम गठबन्धनको चुनावी प्रचारमा हिंडेका कार्यकर्ताले बताएका छन् ।
बमविस्फोट नजिकै गठबन्धनका गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की रहेका थिए ।
अहिले विष्फोट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।












