२८ कात्तिक, काठमाडौं । बालाचतुदशीमा काठमाडौंका पशुपति क्षेत्रमा लाग्ने ठूलो मेलाको सबै तयारी पूरा भएको छ । बालाचतुर्दशीमा देश तथा विदेशबाट शतबीज छर्न आउनेको व्यवस्थापन गर्नेदेखि सुरक्षासम्बन्धि सबै योजना मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिथिअनुसार यसवर्ष कात्तिक ३० गते विहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन शतबीज छरिने छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन विहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारै ढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बत्ती बाल्न र रातभर जाग्रामका लागि पालको व्यवस्था गरिएको र अन्य भवनहरुमा स्थानमा निःशुल्क व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
“रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी बाल्ने व्यवस्था मिलाएको छ ।
मादक पदार्थ एवं नशालु पदार्थ विक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन समेत सूचित गरिएको छ ।
भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ । खोजखबर कक्षको सञ्चालन र सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ ।
बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवम् घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवम् मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ ।
सतबीज् मार्ग सुधारसहित पर्व अघि र सम्पन्न भएपछि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै पशुपति सरसफाइ अभियानमा संलग्न संघसंस्थाको सहयोगमा मन्दिर प्राङ्गणभित्रको निरन्तर सरसफाइका लागि नेपाल एसविआई। बैंकको सहयोग लिइनेछ ।
पशुपति क्षेत्रको विशेष सफाइमा रहेको खेम्स क्लिनिङले बाला चतुर्दशीको अवसर पारेर विशेष सफाइ अभियान चलाउने भएको छ ।
मेलामा प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ ।
कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
२०७४ मंसिर २ गते शनिबार विहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म भगवान् श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको जानकारी गराइयो । बालाचतुर्दशीमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष दर्शन गर्न पाइने
२८ कात्तिक, काठमाडौं । बालाचतुदशीमा काठमाडौंका पशुपति क्षेत्रमा लाग्ने ठूलो मेलाको सबै तयारी पूरा भएको छ । बालाचतुर्दशीमा देश तथा विदेशबाट शतबीज छर्न आउनेको व्यवस्थापन गर्नेदेखि सुरक्षासम्बन्धि सबै योजना मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिथिअनुसार यसवर्ष कात्तिक ३० गते विहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन शतबीज छरिने छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन विहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारै ढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बत्ती बाल्न र रातभर जाग्रामका लागि पालको व्यवस्था गरिएको र अन्य भवनहरुमा स्थानमा निःशुल्क व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
“रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी बाल्ने व्यवस्था मिलाएको छ ।
मादक पदार्थ एवं नशालु पदार्थ विक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन समेत सूचित गरिएको छ ।
भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ । खोजखबर कक्षको सञ्चालन र सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ ।
बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवम् घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ ।
आर्यघाटतर्फका २ चिता २ दिनसम्म बन्द गरिने
आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवम् मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ ।
सतबीज् मार्ग सुधारसहित पर्व अघि र सम्पन्न भएपछि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै पशुपति सरसफाइ अभियानमा संलग्न संघसंस्थाको सहयोगमा मन्दिर प्राङ्गणभित्रको निरन्तर सरसफाइका लागि नेपाल एसविआई। बैंकको सहयोग लिइनेछ ।
पशुपति क्षेत्रको विशेष सफाइमा रहेको खेम्स क्लिनिङले बाला चतुर्दशीको अवसर पारेर विशेष सफाइ अभियान चलाउने भएको छ ।
मेलामा प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ ।
कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा
२०७४ मंसिर २ गते शनिबार विहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म भगवान् श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको जानकारी गराइयो ।