२४ कात्तिक, भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिई केदार शर्मालाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु ६ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।
उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले घटनास्थल मुचुल्का बनाएर उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।
शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ ।












