२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन परिचालन उपसमितिले आफ्नो कार्य प्रारम्भ गरेको छ । पार्टी कार्यालय सानेपामा आज एक कार्यक्रम गर्दै सात वटै प्रदेशमा मिडिया सेन्टर स्थापना गर्ने र पार्टीका गतिविधिबारे पत्रकार सम्मेलन गराएर जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा मिडिया सेन्टर स्थापना गर्न लागिएको जानकारी दिइयो ।

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले आरम्भ गरेको प्रचार प्रसार कार्यक्रममा नेता वद्री पाण्डेले वाम गठबन्धनले जिते संसदीय व्यवस्था नमान्ने खतरा रहेको बताए । वामगठबन्धनले जितेमा उनीहरुको चाहनावमोजिम संविाधन संशोधन गर्लान् भन्ने चिन्ता कांग्रेसलाई रहेको उनले बताए ।
केन्द्रीय प्रचार प्रसार समन्वय उपसमिति संयोजक गगन थापा रहेका छन् भने उपसंयोजक बद्री पाण्डे रहेका छन् । उपसमितिमा वरिष्ठ पत्रकारहरुका साथै पत्रकार महासंघका महासचिव रमेश विष्ट समेत रहेका छन् । पत्रकार महासंघको विधानअनुसार पार्टीको चुनाव प्रचार समिति बस्न नपाइने भए पनि विष्ट कांग्रेसको प्रचार समितिमा बसेको भनी आलोचना भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति देहाय बमोजिम रहेको छ :
क्र.सं. नाम पद
1 श्री गगनकुमार थापा, केन्द्रीय सदस्य, ने.कां संयोजक
2 श्री बद्री पाण्डे, केन्द्रीय सदस्य, ने.कां. सह–संयोजक
3 श्री बद्री सिग्देल उप–संयोजक
4 श्री होमनाथ दाहाल सदस्य
5 श्री पुरुषोत्तम बस्नेत सदस्य
6 श्री शोभाकर पराजुली सदस्य
7 श्री हरिहर विरही सदस्य
8 श्री किशोर नेपाल सदस्य
9 श्री तारानाथ दाहाल सदस्य
10 डा. सुुरेश आचार्य सदस्य
11 श्री धर्मेन्द्र झा सदस्य
12 डा. तुलसीप्रसाद भट्टराई सदस्य
13 श्री पुरुषोत्तम दाहाल सदस्य
14 श्री तेजप्रकाश पण्डित सदस्य
15 श्री श्रीआचार्य सदस्य
16 श्री हरिविनोद अधिकारी सदस्य
17 श्री देवप्रकाश त्रिपाठी सदस्य
18 श्री कविर राणा सदस्य
19 श्री तीर्थ थापा सदस्य
20 श्री श्रवण मुकारुङ सदस्य
21 श्री हरि अधिकारी सदस्य
22 श्री रमेश तुफान स दस्य
23 श्री कुलचन्द्र वाग्ले सदस्य
24 श्री मुरारीकुमार शर्मा सदस्य
25 श्री मोहन ज्ञवाली सदस्य
26 श्री समिरजंग शाह सदस्य
27 श्री कृष्ण के.सी. सदस्य
28 श्री परसु घिमिरे सदस्य
29 डा. सुधांशु दाहाल सदस्य
30 श्री गोपाल झा सदस्य
31 श्री अजयवावु शिवाकोटी सदस्य
32 श्री विनकुमार विश्वकर्मा सदस्य
33 डा. लोक भट्टराई सदस्य
34 श्री वसन्त प्रकाश उपाध्याय सदस्य
35 श्री सहजमान श्रेष्ठ सदस्य
36 श्री रमेश विष्ट सदस्य
37 श्री प्रकाश थापा सदस्य
38 श्री प्रकाश रिमाल सदस्य
39 श्री दामोदर दवाडी सदस्य
40 श्री गोविन्द परियार सदस्य
41 श्री महेन्द्र अर्याल सदस्य
42 श्री चन्द्र ढकाल सदस्य
43 श्री ठाकुर सिम्खडा सदस्य