२० कात्तिक, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी आगामी निर्वाचनमा गैरमधेसी उम्मेदवारलाई फाइदा लिन नदिई मधेसी उम्मेदवारले मात्रै
फाइदा उठाउनुपर्ने बताएका छन् । त्यसका लागि मधेसी गठबन्धनका उम्मेदवारलाई मात्रै निर्वाचनमा विजयी गराउनुपर्ने उनले बताएका छन् ।
राजविराजमा सोमबार कार्यकर्तासँगको भेटका क्रममा यादवले संविधान निर्माणदेखि अहिलेसम्म मधेसी जनतामाथि भेदभाव भएको गर्दै भेदभावको विरोध गर्दा मधेशी जनता सहिद हुनुपरेको जिकिर गरे । मधेसीबीच एकता नभएसम्म गैरमधेसीले फाइदा लिइरहने बताउँदै उनले यसप्रति सचेत हुन कार्यकर्तालाई निर्देशन दिए ।
२ नं प्रदेशमा मधेशी गठबनधन सरकार बनाउनका लागि मधेसीलाई मत दिन उनले आग्रह गरे । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेता यादवले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् ।












