२० कात्तिक, रियाद । भ्रष्ट्राचारको आरोप लागेका साउदी अरबका राजकुमारको रहस्यमय हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटनामा त्यसमा रहेका एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको साउदीको सरकारी टेलिभिजनले जनाएको छ ।
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अरबका पूर्वराजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् ।
साउदी अरबको दक्षिणमा पर्ने आभा सहरनजिक हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ ।
एक दिनअघि मात्र यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद विमानस्थल नजिक रोकेको साउदी अरबले दावी गरेको थियो ।
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।












