२० कात्तिक, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा गएराती भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ । बा ७ च ३६९५ जिप दुर्घटना हुँदा फिक्कल ४ का चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार दुर्घटनामा ४० वर्षीय अमरबहादुर दर्लामी, रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । दुर्घटनामा धनबहादुर मगर गम्भिर घाइते भएका छन् । चालकले प्रहरीलाइ दिएको बयान अनुसार उकालोमा मोड नपुगेर व्याक गर्दा ब्रेकफेल भई जिप सडकबाट तल खसेको थियो । भूकम्पको किस्ता रकम बुझेर फिक्कल ४ का स्थानीयहरु राती घरतर्फ फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ ।












